कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

ज्योति साहित्य प्रतिष्ठानले भारती र शेखरको सम्मान गर्यो


 २०२ औं भानु जयन्तीको अवसरमा अमेरिकामा बसेर नेपाली भाषा र साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउँदै आउनु भएका भारती गौतम र शेखर ढुङ्गेललाई ज्योति साहित्य प्रतिष्ठानले एक समारोह बीच सम्मान गर्‍यो । ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले उहााहरूलाई सम्मान गर्दै लामो समयदेखि विदेशमा बसेर पनि नेपाली भाषामा गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै ज्योति साहित्य सम्मान प्रदान गरिएकोमा स्रष्टा र संस्था दुवैलाई बधाई ज्ञापन गर्नुभयो ।



साथै वन्दै गरेको संविधानमा नेपाली साहित्य, कला, संस्कृति र स्रष्टाहरूको योगदान र मूल्याङ्कनको उल्लेख नगरेकोमा सो सम्वन्धी सुझावको लागि नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, संगीत, नाट्य कला प्रतिष्ठान मिलेर छिट्टै सुझाव पठाउने तयारी भइरहेको जानकारी दिनु भयो । विशिष्ट अतिथि प्राज्ञ डा. ज्ञानु पाण्डे, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, कमला रिसाल “ज्योति”, गोविन्द घिमिरे वेदमणि, भाग्यशाली अधिकारी, उमेश पाण्डे, रामप्रसाद पन्त आदिले २०२ औं भानु जयन्तीको बारेमा प्रकाश पारे ।

सो अवसरामा विस्नु विरही, इशा शाह, स्मृति अधिकारी, पुण्य गौतम विश्वास,निराजन मौद्गल्य, शिशिर सापकोटा, रश्मि रिमाल, राधिका पन्त, कमला रिसाल रिसाल “ज्योति”, ब्रम्हप्रिय प्रेमस्वरूप, सुशील राजोपाध्याय, कृष्णप्रसाद वस्याल, दिनेश कुमार संग्रौला, उदास कार्की, समिना खनाल, लक्ष्मी ऐडी लगायतले प्रतिष्ठानको १०५ औं कविता यात्रामा रचना वाचन गरे ।