कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

समकालीन नेपाली कथामा साँस्कृतिक चेतना: विषयक बिचार गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठान, गद्य/आख्यान बिभागको आयोजना र बेलबारी साहित्य विकास समितिको सह-आयोजनामा यही २०७२ साल असार १२ गते मोरङको बेलबारीस्थित बेलबारी २ नं. को साँस्कृतिक भवनमा “समकालीन नेपाली कथामा साँस्कृतिक चेतना” विषयक बिचार गोष्ठी सम्पन्न भएको छ ।

वरिष्ठ आख्यानकार खगेन्द्र सङग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विचारगोष्ठीमा समालोचक पुरुषोत्तम सुबेदीले “समकालीन नेपाली कथामा साँस्कृतिक चेतना” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्रमाथि आख्यानकार नयनराज पाण्डेले र समालोचक प्रा. डा. बद्रीविशाल पोखरेलले टिप्पणी गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि प्रा. डा. राजेन्द्र विमल, बिमल निभा, नारायण ढकाल, पुण्यप्रसाद खरेल, प्रा. डा. भिम खतिवडा, मिश्र वैजयन्ती, गङ्गा सुवेदी, शिवमाया तुम्बाहाम्फेले आ-आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए ।


नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य उपेन्द्र पागलले स्वागत मन्तव्य र अर्का प्राज्ञ सभा सदस्य विवस पोखरेलले धन्यवाद मन्तव्य प्रस्तुत गरका थिए । उक्त कार्यक्रमको सभापतित्व बेलबारी साहित्य विकास समितिकी अध्यक्ष रेखा सुवेदीले गरेकी थिइन । कार्यक्रमको ओचित्यका बारेमा कार्यक्रमका संयोजक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य एवं गद्य/आख्यान बिभागका प्रमुख मातृका पोखरेलले प्रष्ट पारेका थिए ।