कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

पुस्तकमा महाभूकम्प

काठमाडौं/ ओमबहादुर जिसीद्वारा लिखित गीतिकाव्य ‘बहत्तर सालको महाभूकम्प’को विमोचन सम्पन्न भएको छ ।

शनिबार प्रज्ञा प्रतिष्ठानको हलमा कृतिको विमोचन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने, ‘लोक शैलीमा लेखिएको यस कृतिले भूकम्पबाट त्रसित नागरिकमा सचेतना, सकारात्मकताको विकास गर्नेछ ।’ कार्यक्रममा हास्यव्यंग्यकार मनोज गजुरेलले लेखकको परिचय प्रस्तुत गरेका थिए भने लोकगायक तथा निर्देशक नारायण रायमाझीले कृति समीक्षा गरेका थिए ।

प्रस्तोता समाजका अध्यक्ष तथा गायक हेमन्त शर्मा, पूर्वसचिव रुद्रकुमार श्रेष्ठलगायतले जिसीलाई शुभकामना दिए । भूकम्पको विध्वंसको घटना वर्णनबाट सुरु भएको जिसीको कृतिमा प्रकृतिको त्रास, वर्तमानको आस र भविष्यको सुन्दर नेपालको कल्पना गरिएको छ । जिसीले पुस्तक बिक्रीबाट उठेको सम्पूर्ण रकम भूकम्पपीडितलाई नै दिने घोषणा गरेका छन् ।