कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

​बाह्र लाखका पुरस्कार पाउने को को ?

पुरस्कार पाउनेमा गतवर्षका लागि नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार डा.रेवतीरमण लाललाई प्रदान गरियो । यो पुरस्कारको राशी दुई लाख नगद रहेको छ । त्यसैगरी विद्यापति कला संस्कृति पुरस्कार राम सोभित राउतलाई प्रदान गरियो । यसको राशी एक लाख रहेको छ । त्यसैगरी एक एक लाख राशीका अनुसन्धान पुरस्कार सुनिल कुमार झा,अनुवाद पुरस्कार गंगाप्रसाद अकेला र पाण्डुलिपि पुरस्कार काशीकान्त झालाई प्रदान गरियो ।

 

चालु वर्ष तर्फ दुई लाख राशीको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार रामानन्द युवा क्लब जनकपुरधामलाई प्रदान गरियो भने एक एक लाख राशीका विद्यापति भाषा साहित्य अनुवाद पुरस्कार धीरेन्द्र प्रेमर्षीलाई,पाण्डुलिपी पुरस्कार चन्द्रशेखर लाल शेखरलाई र कला संस्कृति पुरस्कार श्याम सुन्दर यादवलाई प्रदान गरियो । पुरस्कृत स्रष्टाहरुलाई धोती, गमछा, सम्मानपत्र, प्रतीक चिन्ह सहित घोषित रकमको चेक प्र्रदान गरिएको थियो ।