काठमाडौं- निबन्धकार युवराज नयाँघरेको नयाँ कृति ‘आमिल’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले विमोचन गर्नुभयो । विमोचन मन्तव्यमा उप्रेतीले लेखनमा नयाँ शैलीलाई आत्मसात् गरी लेखिएको यो कृतिले वैदेशिक स्थितिको सूक्ष्म चिरफार गरेर धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘रित्तिरहेको नेपाली समाजको कारुणिक चित्र उतार्न नयाँघरे सफल छन् आमिलमा ।’
कृतिको समीक्षा गर्दै युवा समालोचक महेश पौडेलले कथा र निबन्धको फ्युजन गरी नयाँघरेले नयाँ विधामा मानवीय संवेदनालाई झकझकाएका छन् भन्नुभयो । पौडेलले भन्नुभयो– ‘यो कृति विदेशिएका नेपालीहरूको आँसुहरु प्रतिको यथोचित न्याय पनि हो ।’
समारोहमा साहित्यकार राधेश्याम लेकाली, प्रोफेसर रम्जान अलि, रोजगार मिडिया प्रा.लिई.का सम्पादक÷प्रबन्ध निर्देशक उद्धव भट्टराई, एनआरएनका सल्लाहकार नरेन्द्र भाट लगायतले बोल्नुभएको थियो ।
सोही समारोहमा फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको परदेशी चलचित्रका निर्देशक नारायण रायमाझीले परदेशीको पीडाको विषयमा बोल्दै सो चलचित्रको भन्थेऊ आमा बोलको गीत गाएर रौनकता प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा एनआरएन विश् सम्मेलनका लागि काठमाडौँ आउनुभएका एनआरएन अभियन्ताहरुको विशेष उपस्थिति रहेको थियो । मदन पुरस्कार विजेता नयाँघरेको ते¥हौ कृति हो । उहाँका निबन्ध र नियात्रा नेपाली साहित्यमा चर्चित छन् ।
रोजगार मिडिया प्रा.लि.द्वारा प्रकाशित ‘आमिल’ मा वैदेशिक रोजगार, विघटित सामाजिक संस्कृति र अन्यौलपूर्ण समकालीन नेपाली युवा जीवनशैलीको सूक्ष्म शल्यक्रिया गरिएको कोमल गै¥ह आख्यानमूलक कृति हो । घर भित्र–बाहिरको चेतनालाई तरङ्गित पार्नमा नयाँघरेको लेखनी यहाँ घनीभूत देखिएको छ ।
निबन्धकार युवराज नयाँघरेको ‘आमिल’ विमोचित
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि