कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

विश्व काव्य यात्रामा साहित्यकार वसन्त चौधरी



साहित्य सिर्जना र काव्यिक अभिव्यक्तिका माध्यमबाट नेपाली भाषा र साहित्यलाई विश्वसामु पस्कन 'विश्व काव्य यात्रा'मा निस्किएका प्रख्यात कवि तथा गीतकार वसन्त चौधरीले नेपालीको महान् चाड दसैँ र तिहारको बिच पारेर आफ्नो साहित्यिक यात्रालाई पुन निरन्तरता दिएका छन ।

सन् २०१५ सम्म विश्वका अधिकांश मुलुकहरुमा एकल काव्य यात्राको शृंखला पस्कने लक्ष्य लिएका साहित्यकार चौधरीको यो काव्य यात्रा देशमा आएको विनाशकारी महाभुकम्पका कारण केही समय रोकिएको थियो । कवी गीतकार चौधरी उनका रोमान्टिक प्रेमरस युक्त काव्यिक सिर्जना, प्रेम कविता र गीतहरुका कारण चर्चित छन ।

दशैं तिहारको शुभकामनासहित पुन शुरु भएको उनको काव्य यात्राको १७ औं शृंखला कात्तिक ८ गते जापानको टोकियोमा संचालन हुदैछ भने जापानको सो कार्यक्रम पश्चात्  कवि चौधरीका एकल विश्वकाव्य यात्राका थप कार्यक्रमहरू इजरायलको तेल अभिभ, रसियाको मस्को र जर्मनीको वर्लिनमा तय भइसकेका छन् । पाँचवटा साहित्यिक पुस्तकहरू तथा आठवटा सांगीतिक एल्वममहरू प्रकाशित गरिसकेका चौधरी समय र प्रविधी अनुकुल नेपाली साहित्य अगाडी बढ्नुपर्नेमा विश्वास राख्छन ।