कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

पर्थमा अनेसासको प्रथम साहित्यिक शृखला तथा सम्मान कार्यक्रम सम्पन्न

कमल सिल्वाल, पर्थ - पछिल्लो केही समय यता पश्चिम अस्ट्रेलियाको पर्थ साहित्यका लागि निकै उर्वर बन्दै गएको महसुस हुन थालेको छ। बढदो सर्जकहरु सँगै साहित्यिक गतिबिधीहरुले पनि स्थान पाउन थालेका छन्। यसै बिच गएको शनिवार २३ जनवरीका दिन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पर्थले आफ्नो प्रथम मासिक साहित्यिक श्रिंखला तथा स्थानीय प्रतिभाको सम्मान कार्यक्रमको आयोजना गर्‍यो। सोही कार्यक्रमबाट संस्थाले बिधीवत रूपमा आफ्नो मासिक रचना वाचन तथा श्रवणको कार्यक्रमको थालनी गरेको छ।

सेन्टेनरी पार्क कम्युनिटी सेन्टरमा आयोजित सो कार्यक्रमको पहिलो भागमा पर्थका सर्जकहरु दिनेश बस्नेत, मन्जु कोइराला, रिजा प्रधान, धन कुमारी केसी, रन्जना सापकोटा, शैलेस मैनाली, प्रकाश गौतम, राजेन्द्र सापकोटा, राजेश बुढाथोकी, तुल्सी बिक्रमा थापा, शम्भु कंडेल, दिपेश राज रिमाल, आलोक न्यौपाने, कमल सिलवाल, निरज क्षेत्री, गणेश घिमिरे लगायतले आ-आफ्ना रचना पाठ गरेका थिए। उलेख्य उपस्थित दर्शक दिर्घाले वाचन गरिएका कविता, गीत, गजल तथा मुक्तकहरुलाई अन्तिम समय सम्मै मन्त्र मुग्ध भएर सुनी रहेका थिए। कार्यक्रममा समुदायका अग्रज, नेपालबाट आउनु भएका आमा बुवा, बिधार्थी, स-साना बालबालिका लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रमको दोस्रो भागमा हालै ब्रिजबेनमा सम्पन्न अस्ट्रेलिया तथा न्युजील्यान्ड व्यापी नृत्य प्रतियोगिता २०१५ की विजेता, पर्थ निवासी, रन्जना सापकोटा पौडेललाई अनेसास पर्थको तर्फबाट सम्मान गरिएको थियो। वहाँलाई कार्यकमका सभापति तथा अनेसास पर्थका अध्यक्ष गणेश घिमिरे र प्रमुख अतिथि जेष्ठ नागरिक समाज नेपालका वरिष्ठ उपाध्यक्ष सिताराम ढकालले खादा, सम्मान पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो। सोही प्रतियोगितामा पर्थबाट सहभागी सकिना इटनीलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो। त्यस्तै गत डिसेम्बरमा हाम्रो पर्थले आयोजना गरेको हाजिरिजवाफ प्रतियोगितामा अनेसास पर्थ समूहलाई प्रतिनिधित्व गर्दै त्रितिय स्थान हासिल गर्न सफल सहभागीहरू दिलीप मैनाली, प्रह्लाद थापा, प्रकाश गौतम र राजेन्द्र सापकोटालाई कार्यक्रमका अतिथीहरु यादव शर्मा, कुन्ता कोइराला र केदार रिजालले प्रशसा पत्र प्रदान गर्नु भएको थियो।