अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्थापनाको २५ औं वर्ष गांठको अवसरमा यही जून ४ र ५, २०१६ मा भर्जिनियाको मानसास सहरमा रजत जयन्ती विशेष समारोह आयोजना गरिने भएको छ । रजतजयन्ती समारोहमा विश्वका विभिन्न मुलुकका साहित्यकार, यसका प्रतिनिधि, च्याप्टरका पदाधिकारीहरू, यसका पूर्व अध्यक्षहरु, संस्थापकहरु, ट्रष्टी तथा आजीवन सदस्यहरूको उपस्थिति रहने छ ।
जुन ४, २०१६ को दिन साँझ दीपावली, केक काट्ने कार्यक्रम रहेको छ भने जून ५ बिहान ९.३० बजेदेखि कार्यक्रमको उद्घाटन, अन्तरक्रिया, विभिन्न सम्मान, काब्य गोष्ठी आदि कार्यक्रमको आयोजना गरिने छ । उक्त अवसरमा सबैको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेका छन् ।
संस्थाका बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्कीको सभापतित्वमा हालै सम्पन्न रजतजयन्ती समारोह सचिवालयको बैठकमा रजतजयन्ती समारोहको पूर्ण तयारी भएको जानकारी गराइएको थियो । संस्थाका अध्यक्ष पदम विश्वकर्माले नेपाली साहित्यको विश्वब्यापिकरणको अभियानमा सशक्त यस संस्थाको आयोजनामा सम्पन्न हुने यस एतिहासिक समारोहमा सम्पूर्ण साहित्यानुरागी महानुभाबहरु, साहित्यकारहरु, च्याप्टरका पदाधिकारीहरू, पूर्व अध्यक्षहरु, संस्थापकहरु, सल्लाहकारहरु, ट्रष्टी तथा आजीवन सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ ।
कार्यक्रम हुने ठेगाना:
Best Western Battlefield Inn
10820 Balls Ford Road,
Manassas, Virginia 20109
Date:
June 4 & 5 2016