कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बुद्व जयन्तीमा कविता, ११४औ कवितायात्रा

 २५६० औ बुद्व जयन्तीको अवसरमा ज्योति साहित्य प्रतिष्ठानले राजधानीमा एक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रा.डा.रामकुमार पाडेले नेपाली काब्य जगत अहिले निकै फस्टाएको र स्तरीय हुँदै गएको अभिव्यक्ति दिनुभएको थियो  ।

 सो कवितायात्रा कार्यक्रममा कवि पूर्ण विराम, अतृप्त पाण्डे, पुण्य गौतम विश्वास, कणाद महर्षि, राम बहादुर पहाडी, नवराज पुडासैनी ज्योत्सना, मनोज ढुगाना, महेश प्रसाद रिजाल, दिनेश विक्रम थापा, उषा आचार्य, सविना सिन्धु, रश्मि रिमाल, मुकुन्द न्यौपाने, अशोक कुमार नेत्र, रमेश अधिकारी, सुबिन लम्साल, जनार्दन अधिकारी धडकन, गुप्त बहादुर क्षेष्ठ, सूर्य बस्नेत, हरिशचन्द्र गौतम, कमला रिसाल ज्योति, रेहान खान, गोकुल अधिकारी, मुकुन्द अर्याल, उमेश पाण्डे, लगायतले कविता वाचनमा गौतम बुद्वलाई सम्झे ।




मणिराज सिहंको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोविन्द नेपाल, संगीता झा ठाकुर, जङग पहाडी, लक्ष्मी ऐडी, रीता खतिवडा, श्रीधर पौडेल, सीता विष्ट कार्की, द्वारिका कुइकेल लगायतले कविता सुनाए । वाचित कवितामा वरिष्ठ साहित्कार दामोदर पुडासैनीले समीक्षात्मक टिप्पणी गर्दे कार्यक्रम प्रभावकारी र विविध स्वादको भएको विचार व्यक्त गर्दे बुद्व जयन्तीको शुभकामना दिनु भयो ।