कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दक्षिण कोरियामा ८ साहित्यकारको सम्मान

सोलः कला, साहित्य र सगीतमा सक्रिय आठ स्रष्टाहरुलाई दक्षिण कोरियामा सम्मानित गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले २०३ औ भानु जयन्तीको अवसरमा आइतबार स्रष्टाहरुलाई सम्मानित गरिएको हो ।

आयोजित कार्यक्रममा अनेसासले रमेश सायन , डी आर अटु ,सिपि मगर, यल्जी विवसलाई सम्मान गरेको हो । त्यस्तै मन्जु गुरुङ ,साम लिम्बु, सुर्य खत्री घायल र कल्पना धरतीलाई समाजले सम्मान गरेको छ ।

प्रवासमा बसेर कला साहित्यमा निरन्तर सक्रीय स्रष्टाहरु सम्मानित भएका छन । ‘भागेर भूगोल भरी‘ कविता संग्रहका लेखक रमेश सायनका पत्रिकाहरुमा लेख रचना प्रकाशित छन । संगीत क्षेत्रमा आवद्ध डीआर अटु चौतारी एल्बम मार्फत सांगीतिक बजारमा प्रवेश गरेका थिए । दिक्तेल बजार, गुडी जाने रेल, लगायत गीतका संगीतकार अटुले तीन दर्जन गीतमा संगीत दिएका छन ।


सम्मानित अर्का स्रष्टा सिपि मगरका बादल माथि चन्द्र लुकेको , आखै प्यारो छ लगायतका उनका चर्चित गीत छन । बिसौनी सांगीतिक समुहका सस्थापक मगरले तीन दर्जन भन्दा बढी लोक दोहोरी गीतहरुमा संकलन गरेका छन । कविता लेखन सक्रिय अर्का स्रष्टा यल्जी विविस दर्जन बढी चलचित्रका गीतकार हुन् ।

सम्मानित भएकी मन्जु गुरुङ नेपाल कोरिया क्लचर सेन्टरकी अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कोरिया शाखाकी सहसचिव हुन् । सोहि अवसरमा रचनाकार सुर्य खत्री घायल र संगीतकर्मी साम लिम्बु पनि सम्मानित भए । भिडियो सम्पादक लिम्बुले डेढ दर्जन गितमा लेखन र भिडियो सम्पादन गरेका छन । स्वदेश गान रचयिता घायल मुक्तक प्रतिष्ठान नेपाल कोरिया समाजमा आवद्ध छन ।

साहित्य अनुरागीहरुको उपस्थिति रहेको कार्यक्रममा सरोज भण्डारी, जीवन खत्री ,अज्ञात पाल्पालीले आफ्ना रचनाहरु बाचन गरेका थिए । कार्यक्रममा रमेश सायन, गणेश घिमिरे,बिनोद दाहाल ,दिपेन्द्र भट्टराई ,गणेश पौडेल गजल ,कविता र मुक्तक सुनाएका थिए ।

पछिल्लो समयमा कोरिया प्रवेश गरेका युवाहरुको कला र साहित्य लगाव प्रति खुसि ब्यक्त गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरका अध्यक्ष मनोज डाँगीले साहित्यअनुरागीका कारण प्रेरणा मिलेको बताए ।