कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

२०७२ सालको मदन पुरस्कार रामलाल जोशीको ‘ऐना’लाई

२०७२ सालको मदन पुरस्कार रामलाल जोशीको कथा संग्रह ऐनाले पाउने भएको छ । मदन पुरस्कार गुठीले २०७२ को मदन पुरस्कार रामलाल जोशीको कथा संग्रह ‘ऐना’लाई दिने निर्णय गरेको हो।

गुठीले मंगलबार २०७२ सालमा प्रकाशित पुस्तकमध्येबाट छानिएको ‘ऐना’लाई पुरस्कार दिने निर्णय गरेको हो। साथै २०७२ को जगदम्बा पुरस्कार लीलबहादुर क्षेत्रीलाई प्रदान गर्ने निर्णय गरेको मदन पुरस्कार गुठीले जनाएको छ।

गुठीले यसअघि भुवनहरि सिग्देलको आमोई, रामलाल जोशीको ऐना, नीलम कार्की निहारिकाको चीरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी ‘किशोर’को सिमानाका रङ्ग सिमानाका तरङ्गलाई पुरस्कारका लागि छोटो सूचीमा राखेको थियो।