कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बेलायतमा १०७औ महाकवि लक्ष्मिप्रसाद देवकोटा जयन्ती मनाईयो

आज १८ अक्टुबर २०१६, शनिवारको दिन लन्डन, प्लमस्टिद स्थित अस्मिता एसोसियाट्सको सभाहालमा अनेसास बेलायत च्याप्टरको आयोजनामा १०७औ महाकवि लक्ष्मि प्रसाद देवकोटा जयन्ती भव्यताका साथ मनाईयो । त्यस अवसरमा सुप्रमा पु्रस्कारको तेस्रो संस्करण खण्ड काव्य अफ़ीम फूल्ने देसका सर्जक केदार संकेतलाई पुरस्कार प्रायोजक स्व. ईस्वर मानन्धरका धर्मपत्नी तथा कार्यक्रमका प्रमुख अतिथि श्रीमती जानकी मानन्धरद्वारा प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष सुमलकुमार गुरूंगको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमलाई संस्थाका महासचिव सन्तोष कार्कीले संचालन गरेका थिए। कार्यक्रमका विशेष अतिथि अनेसासका पूर्व वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा सर्जक कृष्णा बजगाईले महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे विस्तृत प्रकाश पारेका थिए । बेलायत भरीका २ दर्जन सर्जकहरूले सहभागिता जनाएका कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार डा. रूपक श्रेष्ठले ग़ज़ल विद्याबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।


कार्यक्रमकै शुरुमा गीतकार सुरेन्द्र इंगनामले बाँसुरीको सुरिलो धुनबाट सहभागीहरुलाई मन्त्रमुघ्ध परेका थिए। यस कार्यक्रममा छन्दको लय देखि गज़ल, मुक्तक कविताहरुको वाचनले एउटा भिन्नै कवितामय माहोल प्रदान गरेको थ्यियो। विभिन्न संघसंस्थाबाट आयेका सर्जकहरुको पनि बाक्लो सहभागिता थियो। कविता वाचन गर्नेहरुमा क्रमस:बिसन थापा, डा सुदर्शन गुरुङ, विजय हितान, भोजराज बराल, कृष्ण थापा छेत्री, गोपाल शाही (पथिक). ललित कुमार न्यौपाने, केदार संकेत, कृष्ण बजगाई, सुमल कुमार गुरुङ, लिला गुरुङ, जानुका राई, चन्दा मानन्धर, डा रुपक श्रेष्ठ, सन्तोष कार्की तथा सुरेश इंगनाम थिए।

 कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष सुमल कुमार गुरुङले सहभागी सबैलाई धन्यबाद ज्ञापन गरि करियक्रम बिसर्हन गरेका थिए। कार्यक्रममा चियापान को व्यवस्था संस्थाका आजीवन सदस्य तथा गैरवासिया नेपाली समन्वय परिषद बेलायतका सहकोषाध्यक्ष ललित कुमार नेउपानेले व्यवस्थापन गरेके थिए।