कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मनराम-एसकाज पत्रकारिता पुरस्कार विष्टलाई प्रदान

यसबर्षको ‘मनराम-एसकाज पत्रकारिता पुरस्कार-२०७३’ संखुवासभा जिल्ला खाँदबारीस्थित गुराँस एफएमका स्टेसन म्यानेजर गंगा विष्टलाई प्रदान गरिएको छ ।

समाजसेवी स्वर्गीय रामबहादुर श्रेष्ठको पहिलो बाषिर्कीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा विष्टलाई सूचना तथा सञ्चारमन्त्री राम कार्कीले पुरस्कार प्रदान गरे ।

संखुवासभा-काठमाडौ जर्नालिष्ट एसोशिएसन -एसकाज) र मनराम प्रतिष्ठानको संयुक्त पहलमा यो पुरस्कार यसैबर्ष स्थापना भएको हो । पुरस्कारको राशी २५ हजार रुपैया छ ।

पुरस्कार हेरकबाट संखुवासभासंग जोडिएर पत्रकारिता गर्ने पत्रकारहरुलाई प्रदान गरिने एसकाजले जनाएको छ ।



यसबर्षको पुरस्कार छनौट गर्न बरिष्ठ पत्रकाहरु गोविन्द पोखरेल, जीवनाथ खनाल, राजन शर्मा र दीपेन्द्र वान्तवा सम्मिलित पुरस्कार छनौट गठन गरिएको थियो ।

निर्णायक मण्डलले संखुवासभामा झण्डै २० बर्षदेखि पत्रकारिता गरिरहेका विष्टलाई प्रदान गर्ने निर्णय गरे अनुसार बुधबार राजधानीमा औपचारिक कार्यक्रम गरी पुरस्कार हस्तान्तरण गरिएको  हो ।