कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जापानका तीन कविले हात पारे अनेसास जापान सिटीमनी साहित्य उपाधी (फाेटाे फिचर)

आईतवार टोकियोमा सम्पन्न अनेसास जापान सिटीमनी साहित्य पुरस्कारको उपाधी जापानका तीन स्रस्टालाई प्रदान गरिएको छ।

कवि रवीन शर्माको ‘सिन्दुर’, दीप पाठकको ‘अचेल हास्दैन जुन’ तथा विमान किराँतीको ‘आमाको अटोग्राफ’ कविताले नगद १५ हजार येन सहित उत्कृष्ट उपाधी हात पारे। कुल ३७ जना प्रतियोगिलाई उछिन्दै तीनै कविलाई प्रमुख अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, विशेष अथिति अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला र अनेसास जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरेले प्रदान गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको साहित्यिक कार्यक्रम अन्तर्गत लक्ष्मी जयन्ती, अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरण साथै ३८औं साहित्यिक शृङ्खला अन्र्तगत सो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रतियोगि र सहभागि कविहरुलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो। पुरस्कार राशी सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटयान्स कम्पनीले सहयाेग गरेकाे थियाे।


यसैगरि गत वर्ष सम्पन्न चौथो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन कार्यक्रममा विशेष भुमिका निर्वाह गर्नुभएकोमा सहयोगी दाता सहित अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला र निवर्तमान अध्यक्ष आलोक चालिसेलाई मायाको चिनो प्रदान गरिएको थियो। भने सम्पूर्ण आजिवन सदस्यहरुमा ब्याच तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो।

जापानमा रहेका साहित्य प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतिस्प्रर्धात्मक कविता प्रतियोगिताको आयोजना गरिएको साहित्यीक श्रृंखलामा स्रष्टाहरूस् बिपिन घिमिरे, जयन्त सोकल, रविन्द्र दिखुक्पा, हेमन्त गिरी, विमान किराँती, मञ्जु गिरी,रबिन शर्मा, लक्ष्मी रेग्मी, अरुण पौडेल, नारायण कंडेल,सरिता ढकाल, अरुणजङ्ग पुरी, वेलुकाजी थापा, भगवती उप्रेती, जीवन अर्याल, भुवन रोका, लोकनाथ अधिकारी, संगीता कुवँर, एल्सन काप्री, कमला काप्री, ग्रीष्मा पौडेल, पुष्करजङ्ग थापा, केशव थापा, अनु भण्डारी, ध्रुब थापा, फणीकान्त आचार्य, दिप पाठक लगायतका स्रष्टाहरूले आफ्नो गहकीला,राष्ट्रप्रेमले ओतप्रोत र शालीन रचना सुनाएर माहाैललाई काव्यमय वनाएका थिए।

वीर हस्पिटल नेपालका कार्यकारी निर्देशक डा भूपेन्द्र बस्नेत, एनआरएनए जापानका उपाध्यक्ष देवीलाल भण्डारी, जनसम्पर्क समिति जापानका अध्यक्ष डिपि कडेल, ओएनएफ जापानका उपाध्यक्ष राजकुमार पण्डित, नयाँ शक्ती नेपालका जापान संयोजक पदम ठगुङ्ना, समाजसेवी दिपक सुवेदी, अनेसास जापानका पुर्व अध्यक्षहरू वेलुकाजी थापा, दिनेशराज ज्ञवाली, आलोक चालीसे, कलाकार रामकृष्णवम मल्ल, नारायण कडेल साथै दर्जनौ स्रोता र दर्शकका वीच कार्यक्रम सम्पन्न भएको थियो।

नेपाली मुरा हल सिनओकुबुमा राष्ट्रिय गानबाट सुरू गरिएको कार्यक्रममा आगन्तुक स्रष्टा, सर्जकहरूलाई कार्यक्रम संयोजक सरिता ढकालको स्वागत मन्तव्यसँगै महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गरिएको थियो। कार्यक्रमको संचालन संस्थाका महासचिव दिप पाठकले गरेका थिए। अनेसास जापानले हरेक तीन महिनामा आफ्नो साहित्य श्रृङखला गर्दै जापानमा रहेका स्रष्टा,सर्जकका भावनालाई उजागर गरिरहेको छ।